कास्की मतगणना अपडेट– नेकपा उम्मेदवार भट्टराईले बनाइन् ७ हजारको अग्रता « Khabarhub

कास्की मतगणना अपडेट– नेकपा उम्मेदवार भट्टराईले बनाइन् ७ हजारको अग्रता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ७ हजार २३ रहेको छ । ११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।

उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : १२ बजे

मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न

मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपीले अर्याल काठमाडौं ८

आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं– हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न

चितवन ३ मा सोविता ४ हजार ६२३ मतले अगाडी

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

सहज बहुमततिर रास्वपाको चुनावी आँधी : ९० स्थानभन्दा धेरैमा अग्रता, दोहोरो अंक छुन संघर्ष गर्दै कांग्रेस-एमाले

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार एकैचरणमा भएको