द्वन्द्वकालीन घटनामा आमआफी दिने गरी कानून बन्दैन : प्रचण्ड « Khabarhub

द्वन्द्वकालीन घटनामा आमआफी दिने गरी कानून बन्दैन : प्रचण्ड


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा प्रचण्ड द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।”

उनले द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै भने, “यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।”

प्रतिनिधिसभाका सांसद शान्ति पाख्रिनका पति बुद्धिमान पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले निर्ममतापूर्वक हत्या गरेको थियो । अध्यक्ष दाहालले भने, “इतिहासको यो घटना मेरै कारणले भएको हो, ममाथि पनि धेरै मुद्दाहरु छन्, म दोषी भए कारवाही भोग्न तयार छु ।”

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी रहेको जानकारी दिँदै उनले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको बताए ।

अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गरे ।

““स–साना नानीहरु सम्हालेर आउनुभएको छ, जति पीडा तपाईँले भोग्नुभएको छ, त्यो मैले महसुस गरेको छु, सांसद पाख्रिनप्रति मेरो सम्मान छ”, अध्यक्ष दाहालले भने, “म तपार्इँलाई विश्वास दिलाउन चाहन्छु, त्यस्तो जघन्य अपराधलाई त्यत्तिकै छाड्ने पक्षमा छैन ।”

सांसद पाख्रिनले जनयुद्धका बेला आफ्ना पति पाख्रिनलाई तत्कालीन विद्रोही पक्षले बर्बरतापूर्वक हत्या गर्नेलाई माफी दिन नहुने स्मरण गराए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : १७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल