नौ वर्षका बालकले पूरा गरे विश्वविद्यालयको अध्ययन ! « Khabarhub

नौ वर्षका बालकले पूरा गरे विश्वविद्यालयको अध्ययन !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन् । त्यो पनि नौ वर्षको उमेरमा ।

बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए ।

छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे ।

त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए ।

आठ महिनाअघि विश्वविद्यालय गएका उनी डिसेम्बरमा दीक्षित हुन लागेको बीबीसीले जनाएको छ ।

नौ महिनामा डिग्री

नौ महिना अध्ययन गरेपश्चात उनले आउने डिसेम्बरमा इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन् ।

आफूलाई अध्ययनमा यस्तो सफलता कसरी मिल्यो उनलाई थाहा छैन ।

बीबीसीको न्यूजडे कार्यक्रमले उनलाई नौ वर्षमा डिग्री कसरी पाउन सफल भए भनेर सोध्दा उनले भने, “मलाई थाहै छैन ।”

लराँलाई प्रविधिले मानव शरीरलाई कसरी सहयोग गर्छ भन्ने विषयमा चासो छ ।

उनले स्नातक तहमा मस्तिष्कसँग जोडिएको इलेक्ट्रिक चिपको बारेमा शोध गर्दैछन् ।

उनका बाबुका अनुसार लराँ सिमोन्सलाई टेलिभिजनमा देखिन मन पर्छ ।

त्यो चिपले हजारौँ स्नायुहरूलाई एकैपटक मापन गर्दै तिनको अनुगमन गर्छ ।

उनी चिकित्सकहरूको परिवारबाट आएका हुनाले उनलाई चिकित्साशास्त्र अध्ययन गरेर त्यसैमा विद्यावारिधि हासिल गर्न मन छ ।

तर उनको महत्त्वकांक्षा अर्कै छ। उनी भन्छन्, “कृत्रिम अङ्ग बनाउने मेरो लक्ष्य छ ।”

लराँको उद्देश्य चाहिँ अझै व्यापक छ। “म मानिसको आयु बढाउन चाहन्छु ।”

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ४१ बजे

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी

पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट (तस्बिरहरू)

काठमाडौं– पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ

इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ विरुद्ध रेड नोटिस

जकार्ता– इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो

जापानको गहिरो समुद्रमा दुर्लभ पृथ्वी तत्त्वको खोज

टोकियो– जापानले गहिरो समुद्री परीक्षण मिसनका क्रममा समुद्रको करिब छ