आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत कृष्ण पक्षको नवमी उपरान्त दशमी तिथि। तदनुसार सन् २०२६ मार्च १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ । तर रोग बढ्ने जोखिम छ । बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । तर्क गर्दा घाटा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ । परिवारमा विश्वास घात हुने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

मिथुन : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ । साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ । धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ । गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ ।

सिंह : दिन राम्रो छ । आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन् । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ । स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ । आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ । दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ । परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

वृश्चिक : महत्त्वपूर्ण अवसर प्राप्त हुने भएकाले आजको दिनको सदुपयोग गर्नुपर्ने छ । साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

धनु : सानो कुराले मन अशान्त बन्नेछ । एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ । कर्म गर्दा स्वास्थ्यले साथ दिनेछ । परिवारमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुने जोखिम छ । साथीभाइको साथले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ । साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ ।

कुम्भ : मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ । अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ ।

मीन : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ ।  परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : १७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको