१० दिनका लागि बन्द भयो भरतपुर विमानस्थल « Khabarhub

१० दिनका लागि बन्द भयो भरतपुर विमानस्थल


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर विमानस्थल आइतबारदेखि १० दिनका लागि बन्द भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आइतबारदेखि मंसिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।

‘आज (आइतबार)देखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ,’ विमानस्थल प्रमुख गौतमले भने, ‘पार्किङ पनि सुविधायुक्त बनाउँछौँ ।’ विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताए ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए ।

विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ ।

हालको ७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाइनेछ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेटस्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । विमानस्थलमा एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्गमा रहेको कालोपत्रेमा थप गर्ने र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रुपैयाँ लागत अनुमान गरिएको छ ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग १ हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । हाल भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ तथा बुद्ध र यतिले भरतपुर–पोखरा १–१ उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।

भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयस्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ३८ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२