ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति « Khabarhub

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको नेकपाको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले उक्त कदम गलत रहेको ठहर गर्दै यसको सशक्त विरोध गर्ने निर्णय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता जगन्नाथ खतिवडा ले विद्यार्थी संगठनलाई क्याम्पसभित्र प्रतिबन्ध लगाउने तथा ट्रेड युनियनमाथि रोक लगाउने प्रयासले विद्यार्थी र श्रमिकको अधिकार कुण्ठित हुने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारका गतिविधि, पार्टीको आगामी कार्ययोजना तथा विभिन्न समितिहरूको समायोजनका विषयमा छलफल भइरहेको पनि उनले बताए। हालसम्म ४५ जना सदस्यले धारणा राखिसकेको र बैठकलाई वैशाख ३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ।

त्यसैगरी, मुलुकको वर्तमान परिस्थिति र पार्टीका आन्तरिक विषयमा आवश्यक निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक वैशाख ४ गतेभित्र सम्पन्न गरिने नेता खतिवडाले उल्लेख गरे।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ४ : ०८ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा