भारतमा लाखौं लुटेर फरार भएका नेपाली युवक दाङबाट पक्राउ « Khabarhub

भारतमा लाखौं लुटेर फरार भएका नेपाली युवक दाङबाट पक्राउ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको घोराहीबाट झन्डै १४ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।

मजदुरीका लागि भारत गएको बेला लुटेर ल्याएको भारतीय रुपैयाँसहित घोराही उपमहानगरपालिका–१२ टिकरीका विशाल भनिने गोकर्ण बहादुर विक पक्राउ परेका हुन् ।

भारतको हरियाणा राज्यको चरसीदादरीमा घरेलु कामदारका रुपमा काम गर्ने विकले भारतीय रुपैयाँ लुटेर भागेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट ५ सय दरका १८ सय थान, २ सय दरका १ हजार ५ सय ९९ सय थान, १ सय दरका १ हजार ५ सय ९९ थान, ५० दरका २ सय थान र १० दरका १ सय ४७ थान गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैयाँ बरामद भएको हो ।

यस्तै उनले नेपाली रुपैयाँमा सटही गरेको ७७ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ४८ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट