बलात्कारको झुटो आरोप लगाउने २ महिलालाई कैद सजायको फैसला | Khabarhub Khabarhub

बलात्कारको झुटो आरोप लगाउने २ महिलालाई कैद सजायको फैसला


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी– जिल्ला अदालत कैलालीले जबरजस्ती करणी (बलात्कार)को झुटो आरोप लगाउने २ महिलालाई जेल चलान गरेको छ ।

झुटो मुद्दा मुद्दा लगाएर प्रतिवादीलाई फसाउन खोजेको तथा अदालती सयमको अवमूल्यन गरेको अभियोगमा जिल्ला अदालत कैलालीले २ महिलालाई जेल चलान गरेको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बलात्कारको मुद्दा दायर गर्ने महिलालाई जेल चलान गर्ने फैसला सुनाएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५ का दशरथ चौधरीमाथि जवर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्ने महिलालाई १ महिना कैद सजाय सुनाइएको छ ।

यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–२ का श्याम गौतममाथि बलात्कारको आरोप लगाउने महिलालाई २ महिना कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ०९ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।