बलात्कारको झुटो आरोप लगाउने २ महिलालाई कैद सजायको फैसला « Khabarhub

बलात्कारको झुटो आरोप लगाउने २ महिलालाई कैद सजायको फैसला


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धनगढी– जिल्ला अदालत कैलालीले जबरजस्ती करणी (बलात्कार)को झुटो आरोप लगाउने २ महिलालाई जेल चलान गरेको छ ।

झुटो मुद्दा मुद्दा लगाएर प्रतिवादीलाई फसाउन खोजेको तथा अदालती सयमको अवमूल्यन गरेको अभियोगमा जिल्ला अदालत कैलालीले २ महिलालाई जेल चलान गरेको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बलात्कारको मुद्दा दायर गर्ने महिलालाई जेल चलान गर्ने फैसला सुनाएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५ का दशरथ चौधरीमाथि जवर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्ने महिलालाई १ महिना कैद सजाय सुनाइएको छ ।

यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–२ का श्याम गौतममाथि बलात्कारको आरोप लगाउने महिलालाई २ महिना कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ०९ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट