प्यूठानमा नेकपाका बागी उम्मेदवार विजयी « Khabarhub

प्यूठानमा नेकपाका बागी उम्मेदवार विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– प्यूठानको ऐरावती गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नेकपाले जनमोर्चासँग तालमेल गरि जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेपछि भिमेश कुमार घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए ।

घर्ती मगरले ८सय ५५ मत पाउँदै जित दर्ता गरे । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकले ५ सय ४ मत प्राप्त गरे ।

यस वडामा वडाध्यक्षका लागि एक हजार सात सय ४१ मत खसेको थियो । जसमध्ये २६ मत बदर भएको थियो ।

मगर नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँ कमिटीका सचिवालय सदस्य हुन् । तर नेकपाले जनमोर्चासँग चुनावी तालमेल गरेपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ४५ बजे

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको