उपनिर्वाचन मतगणना– कास्कीमा विद्या भट्टराई जीत नजिक « Khabarhub

उपनिर्वाचन मतगणना– कास्कीमा विद्या भट्टराई जीत नजिक


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई जीत नजिक पुगेकी छन् ।

जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वीसँगको आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म कास्की क्षेत्र नम्बर २ मा ३६ हजार ६ सय ३६ मत गणना भइसकेको छ । जसमध्ये नेकपा उम्मेदवार २० हजार ७ सय ९७ ल्याएकी छन् ।

भट्टराईका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका पौडेल नेकपाकी भट्टराईभन्दा ८ हजार ५ सय ३६ मतले पछाडि छन् ।

कास्की २ मा १ हजार ५ सय ३ मतका साथ समाजवादी पार्टीका धर्मराज गुरुङ तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी १ हजार ६ मतका साथ चौथो स्थानमा छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ६ सय २६ मत मात्रै प्राप्त गरेकी छन् ।

निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो । जसअनुसार अब ८ हजार ९ सय २७ मत मात्रै गणना गर्न बाँकी छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : २४ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर