किम्फ: नेपाल पानारोमामा १४ फिल्म देखाइने « Khabarhub

किम्फ: नेपाल पानारोमामा १४ फिल्म देखाइने


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं अन्तर्राष्टिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा १४ वटा नेपाली फिल्म छानिएका छन् । राजधानीमा यही मसिंर २५ देखि शुरु हुने फेस्टिभलमा नेपाली पानरोमाअन्तर्गत १४ वटा फिल्म छानिएको हो ।

पाँच दिवसीय महोत्सवमा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सहायक श्रीमान्’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’ र धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’ छनोटमा परेका छन् ।

यस्तै केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिश वज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ पनि प्रदर्शन गरिनेछन् ।

किम्फको १७ औं संस्करणमा ६९ देशका ४ सय २७ वटा फिल्म प्राप्त भएका थिए । तीमध्ये २९ देशका ६६ वटा फिल्म प्रदर्शन गरिँदैछ ।

प्रदर्शन गरिने नेपाली फिल्ममा १७ वटा फिल्मबीच प्रतिस्पर्धा हुनेछ भने ३२ वटा फिल्म गैरप्रतिस्पर्धास्वरुप प्रदर्शन गरिनेछ ।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेले २ लाख जित्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले रुपैयाँ १ लाख जित्नेछन् ।

यसै गरी ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने फिक्सन र नन-फिक्सन फिल्मले क्रमशः १ लाख र ७५ हजार जित्नेछ।

यस्तै किम्फमा ‘परिवर्तित नेपाल’ शीर्षकको लघु चलचित्र प्रतियोगितामा छनोट भएका उत्कृष्ट फिल्म प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ४७ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र