‘ग्लोबल नेपाली फिल्म अवार्डस्’ मा अनमोल बने ‘स्टार अफ द इयर’ « Khabarhub

‘ग्लोबल नेपाली फिल्म अवार्डस्’ मा अनमोल बने ‘स्टार अफ द इयर’


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनअघि जापानमा आयोजित विवादित अवार्ड कार्यक्रम ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ मा पपलुर अवार्ड जितेर खुशी साटेका अनमोलले अमेरिकामा हालै सम्पन्न भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा ‘स्टार अफ द इयर’ को अवार्ड जितेका छन् ।

उनले अवार्ड जितेको भन्दै सामाजिक सञ्जालमा तस्वीर अपलोड गरेका छन् ।

अनमोल अमेरिका हानिएसँगै उनैले अवार्ड पाउने पक्का भएको अड्कल फिल्म वृत्तमा चलेको थियो । किनकि, अनमोलले अवार्ड पाउने पक्का भएपछि मात्र अवार्ड कार्यक्रममा सहभागी जनाउने गरेका छन् ।

अमेरिकामा भएको अवार्ड कार्यक्रममा राजेश हमाल, भुवन केसी, नायिका नम्रता श्रेष्ठ, स्वेता खड्का, दीपिका प्रसाईं लगायत अमेरिका गएका छन् ।

अवार्ड कार्यक्रमका लागि अमेरिका पुगेका धेरैले अवार्ड हात पारेका छन् । नायिका नम्रता श्रेष्ठले पनि अवार्ड जितेकी छिन् । स्वयम् अनमोलले नायिका नम्रतासँगको तस्वीर शेयर गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ५१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी