राष्ट्रपतिद्वारा १३ औं सागको उद्घाटन « Khabarhub

राष्ट्रपतिद्वारा १३ औं सागको उद्घाटन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खुलकुद प्रतियोगिताको भव्य रुपमा उद्घाटन भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले १३ औं सागको उद्घाटन भएको घोषणा गरिन् ।

सागको उद्घाटनका क्रममा नेपालको झण्डा भारोत्तलनका ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका छन् ।

अधिकारी दशैं सागका स्वर्ण पदक विजेता समेत हुन् ।

यस्तै, कीर्तिमानी खेलाडी दीपक विष्टले सागमा ओलम्पिक दीप प्रज्वलन गरेका छन् ।

भव्य उद्घाटन समारोहमा नेपालसहित सहभागी राष्ट्रले आफ्नो देशको संस्कृति, कला र पहिचान झल्कने झाँकी समेत प्रदर्शन गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।’

मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्र्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिएका थिए ।

समारोहमा ७ हजार ५०० को सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ ।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालकोे नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ । मुलुकका सातै प्रदेश पुर्‍याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो ।

काठमाडाैं, पोखरा र जनकपुरमा आइतबारदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए ।

सागलाई सफल बनाउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि २ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट व्यक्ति साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि रङ्गशाला पुगेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ५५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ