ऊर्जामन्त्रीको निर्देशन– काम नगर्ने कर्मचारी जिम्मेबारीबाट हट्नुहोस् « Khabarhub

ऊर्जामन्त्रीको निर्देशन– काम नगर्ने कर्मचारी जिम्मेबारीबाट हट्नुहोस्


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौताअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उहाँले आफू र मातहतका निकायले गरेको कार्यसम्पादन सम्झौताअनुसार काम गर्न आग्रह गर्दै यदि कुनै कठिनाइ भए जिम्मेवारीबाट हट्न आग्रह गरे ।

मन्त्री पुनले भने, ‘मैले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यहीअनुसार काम गर्छु, सचिवज्यूले मसँग सम्झौता गर्नुभएको छ । यस्तै सचिवसँग सहसचिव र अन्य अधिकारीले सम्झौता गर्नुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्याङ्कन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारीबारे पनि सोचौँ ।’

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यहीअनुसार काम गर्न पनि निर्देशन दिएका उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले जानकारी दिए ।

मन्त्री पुनले थप कडाइका साथ भने, ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन्, यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन, यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’

उनले नीति तथा कार्यक्रम र बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्नसमेत आग्रह गरे । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र कार्यस्थलमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनको निर्देशन थियो ।

अन्तरमन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैँले गर्नुपर्ने स्पष्ट पारे ।

समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वैकल्पिक ऊर्जा प्रवर्द्धन  केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुखले प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ५७ बजे

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा

केपी ओलीले महासचिवमा शंकरलाई नै निरन्तरता दिने, अरू नेता असन्तुष्ट

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली

गाउँ पसेर जङ्गली हात्तीको उपद्रो

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य