उपनिर्वाचनको परिणामप्रति रवीन्द्र मिश्रको टिप्पणी– भ्रष्टता अनुमोदन भयो « Khabarhub

उपनिर्वाचनको परिणामप्रति रवीन्द्र मिश्रको टिप्पणी– भ्रष्टता अनुमोदन भयो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको परिणामले भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिजक भएपछि माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक सन्देश लेख्दै संयोजक मिश्रले उपनिर्वाचनको मतपरिणाम चिन्ताजनक भएको समेत उल्लेख गरेका छन् ।

‘उप चुनावले साझा पार्टीले छोटो समयमा जे गर्‍यो, त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ,’ मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

उपनिर्वाचनअन्तर्गत एउटा मात्रै प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा मतदान भएको थियो ।

कास्की क्षेत्र नम्बर २ का लागि पहिलेदेखि नै सक्रिय तयारीमा रहे पनि साझा पार्टीले आफ्नो जमानत समेत जोगाउन सकेन ।

४५ हजार ५ सय ४६ मत खसेको कास्की २ मा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन् ।

कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् ।

भट्टराई २४ हजार ३ सय ९४ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेल १५ हजार ९ सय ९१ मतमै सीमित हुन पुगे ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : १० बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६