अधुरै रह्यो प्रचण्डलाई संसदमा भेट्ने खेमराजको सपना, विद्यालाई भने– राम्रो गर्नु नानी ! « Khabarhub

अधुरै रह्यो प्रचण्डलाई संसदमा भेट्ने खेमराजको सपना, विद्यालाई भने– राम्रो गर्नु नानी !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ ‘खाली’ भयो ।

महिनादिनसम्म शोकमा रहेको कास्की–२ का मतदाताले शोक भुल्दै आफ्नो नायाँ प्रतिनिधिको खोजी शुरु गरे ।

शनिबार सम्पन्न उपनिर्वाचनबाट कास्की २ का मतदाताले आफ्नो जनप्रतिनिधि पाएका छन् । र, जनप्रतिनिधिका रुपमा निर्वाचित भएकी छन् दिवंगत नेता रवीन्द्रकी पत्नी विद्या भट्टराई ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतको अन्तरले पराजित गर्दै विद्या कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिका रुपमा निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्याले २४ हजार ३ सय ९४ मत जीत हासिल गर्दा कांग्रेसका पौडेलले भने १५ हजार ९ सय ९१ मत पाए ।

संघ, प्रदेश र स्थानीय तहका गरी ५२ जना जनप्रतिनिधिका लागि उपनिर्वाचन भएपनि कास्की क्षेत्र नम्बर २ भने सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि ‘प्रतिष्ठाको विषय’ थियो ।

नेकपा र कांग्रेसले कास्की २ मा चुनावी अभियानलाई पनि त्यत्तिकै महत्व दिएर अगाडि बढाएका थिए ।

चुनावी सभाका दौरान नेकपा र कांग्रेसबीच विभिन्न विषयमा आरोप–प्रत्यारोप चले ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिचिएको नेपाली भूमि आफ्नो नक्सामा राख्न भारतलाई सहमति जनाएको आरोप लगाए ।

नेकपाको चुनावी सभालाई सम्बोधन गर्न बुधबार पोखरा पुगेका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही ‘हलुका टिप्पणी’ गरे ।

जसमध्येको सबैभन्दा बढी चर्चा र आलोचनाको विषय बनेको प्रचण्डको टिप्पणी थियो– कांग्रेस उम्मेदवार पौडेललाई बयोबृद्ध भन्नु । प्रचण्डले पौडेललाई बयोबृद्ध मात्रै भनेनन्, ‘देवघाट गएर ध्यान तपस्या गर्नुपर्ने मान्छेलाई किन चुनावमा उठाएको ?’ भन्दै कांग्रेसमाथि नै प्रश्न गरे ।

प्रचण्डको उक्त टिप्पणीप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल आपत्ति जनाए ।

कास्कीबाट चुनावी मैदानमा रहेका पौडेलले भने प्रचण्डलाई ‘आत्मविश्वास’का साथ जवाफ पठाए– देवघाट होइन, मंसिर १४ गतेपछि तपाईंको र मेरो भेट संसद भवनमा हुन्छ । त्यसपछि देवघाट जान परे सँगै जाउला ।

तर, जनताले पौडेललाई यसपटक प्रचण्डसँग संसद भवनमै पुगेर मेट गर्ने मौका भने दिएनन् । कास्की २ का मतदाताले विद्यालाई आफ्नो प्रतिनिधिका रुपमा चयन गरे ।

कास्की २ का मतदाताको मतादेश स्वीकार गर्दै कांग्रेस उम्मेदवार पौडेलले पनि विद्यालाई बधाई दिइसकेका छन् ।

‘विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु,’ पौडेलले ट्वीटरमार्फत विद्यालाई बधाई दिँदै भनेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ३४ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण