२३० बिघा जग्गा कब्जा, ऐलानीमा भूमाफियाको जालो « Khabarhub

२३० बिघा जग्गा कब्जा, ऐलानीमा भूमाफियाको जालो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानी काठमाडौंबाट आज(सोमबार) प्रकाशित दैनिक पत्रिकाले हिजो (आइतबार) आएको हावाहुरीले देशभर मच्चाएको बितन्डा, बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिको समाचारलाई नै मुख्य बनाएका छन् ।

कान्तिपुर दैनिकले बारा र पर्सामा २५ को मृत्यु, ४ सय बढी घाइते भएको समाचारलाई मुख्य बनाएको छ । प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै २३० बिघा कब्जा शीर्षकको समाचारमा कोशी नदीले बनाएको टप्पुको ऐलानी जग्गामा भूमाफियाले जालो बिच्याएको उल्लेख छ । सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरुले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् । उनीहरुले पूर्वपश्चिम कोशी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् ।

सुनसरीको बहराक्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरुले चैत १३ देखि १६ सम्म ट्याक्टर लगाएर जोतेका छन् । स्थानीयले अवरोध गर्दा उनीहरुले बेलकाबाट केही प्रहरीलाई ल्याएर सर्वसाधारणलाई धम्क्याएका थिए ।

त्यस्तै छानबिन नसक्दै मेलमिलाप शीर्षकको अर्को समाचारमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि भएको दुर्घटनाका विषयमा सामाजिक सञ्जालमा हुने भएको टिक्का टिप्पणीबाट छानबिन शुरु गरिएपनि छानबिन नै नसकी मेलमिलाप गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : २९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह