मन्त्रिपरिषदले रोक्यो खानेपानीमन्त्री बिना मगरको विदेश भ्रमण | Khabarhub Khabarhub

मन्त्रिपरिषदले रोक्यो खानेपानीमन्त्री बिना मगरको विदेश भ्रमण


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मन्त्रिपरिषद बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद बैठकले उनको भ्रमण रोकेको नागरिक दैनिकमा खबर छ ।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो ।

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित शीर्षकको समाचारमा पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन् । व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ । तर यो प्रावधान विपरीत ४२ वटा कलेजले सी भन्दा तलको ग्रेड ल्याएकालाई पनि भर्ना लिएका थिए ।

त्यस्तै हावाहुरीले बारा र पर्सामा पुर्‍याएको क्षति, ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युलगायतका समाचार प्राथमिकतामा छन्।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ४६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ