जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भनेकी छन् ।

मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उनले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरूमा अध्ययन, अनुसन्धान र छलफल हुनुपर्ने बताइन्। 

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई जबजले अघि बढाएको चर्चा गर्दै नेकपा (एमाले) पनि सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न यो सिद्धान्तअनुसार अविचलित रुपमा लागि परेको धारणा व्यक्त गरिन्।     
 
त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ‘राज्य, समाज र विकास : जबज दृष्टिकोणको लोर्कापण गरेकी थिइन् ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नलले भावी पुस्ताका लागि देशबारे अध्ययन–अनुसन्धान गर्न चाहनेहरूका लागि भरपर्दो स्रोतसामग्री हुने बताइन्। 
    
जर्नलका प्रमुख सम्पादक पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे छन् । जर्नलमा १० वटा लेख समावेश छन् ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ५४ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत