धोनीको विस्फोटक ब्याटिङमा चेन्नईको लगातार तेस्रो जित « Khabarhub

धोनीको विस्फोटक ब्याटिङमा चेन्नईको लगातार तेस्रो जित


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी आईपीएल क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको हो ।

चेनइको जितका लागि कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । धोनीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।

सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसेपछि कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे । धोनी बाहेक ब्राबोले २७ रन बनाए भने सुरेश रैनाले ३६ रन जोडे । १७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनमा समेटियो । राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए भने राुहल त्रिपाठीले सर्वाधिक ३९ रनको योगदान दिए ।

राजस्थानलाई कम स्कोरमा रोक्नका लागि दिपक चाहर, सार्दुल ठाकुर, ड्वाइन ब्राभो र इमरान ताहिरले दुई दुई विकेट लिए । जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।

यस्तै हिजै भएको पहिलो खेलमा  सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको थियो । कप्तान विराट कोहली नेतृत्वको बैंग्लोर हैदरावादस‘ग पराजित भएको हो । बैंग्लोरको यो लगातार तेस्रो हार हो । घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले पाहुना टोली बैंङ्लोरलाई १सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : १६ बजे

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि