स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जना पक्राउ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौं आउँदै गरेको ना ५ ख २२३३ नम्बर सार्वजनिक बसमा चेकजाँच गर्ने क्रममा १ जना यात्रु २० लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको रादेवी नगरपालिका–७ का २३ वर्षीय मनोज यादव भनिने रुबोध कुमार यादव छन् ।

प्रहरीका अनुसार रुबोधले जिउमा लगाएको कपडाको भित्रिपट्टि खल्ती बनाएर १ हजार दरका २००० थान नोट लुकाएर राखेका थिए ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ३३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको