भियतनामी युवतीमाथि लगाइएको किम जोङ नामको हत्याको अभियोग फिर्ता « Khabarhub

भियतनामी युवतीमाथि लगाइएको किम जोङ नामको हत्याको अभियोग फिर्ता


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेशिया– मलेशियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी भियतनामी युवतीमाथिको हत्या अभियोग फिर्ता गरेको छ ।

मलेशियाको राजधानी कुआलालम्पुरमा रहेको भियतनामी राजदूतावासका तर्फबाट प्रतिनिधि र ती युवतीका अभिवक्ताको पहलमा डुआन थि हुओङविरुद्ध लगाइएको हत्याको अभियोग फिर्ता गरिएको मलेशियाका अभियोजनकर्ताले जनाएका छन् । यद्यपि खतरनाक शैलीमा हानी पु¥याएको अन्य अभियोगमा भने उनी दोषी प्रमाणित भइसकेको बताइएको छ ।

यस अभियोगमा दोषी प्रमाणित भएकी उनलाई १० वर्षको जेलसजाय वा आर्थिक जरिवाना वा कोर्राले हिर्काउने सजाय हुनसक्ने छ । उनी हत्या अभियोगमा दोषी ठहर भएको अवस्थामा उनलाई मृत्युदण्ड समेत हुनसक्ने थियो ।

यसअघि गत महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी इण्डोनेशियाली युवती सिती आइशाको पनि हत्या अभियोग फिर्ता भएको थियो ।

इण्डोनेशियाली युवतीमाथि लगाइएको हत्या अभियोग फिर्ता गरेपछि भियतनामलले मलेशियाको सरकार र महान्यायाधीवक्ताको कार्यलयलाई आफ्नी नागरिकमाथि लगाइएको हत्या अभियोग पनि फिर्ता गर्न आग्रह गरेको थियो । यद्यपि मलेशियाले भने यसबारे ठोस निर्णय गरेको थिएन ।
किम जोङ नामको सन् २०१७ को फेब्रुअरी महिनामा मलेशियाको राजधानी कुआला लम्पुरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भीएक्स नर्भ नामक प्रतिबन्धित विषक्त रासायनिक पदार्थको प्रयोग गरी हत्या गरिएको थियो ।

उत्तर कोरियाली जासुसहरुले विमानस्थलमा दुई युवतीलाई जापानी टेलिभिजन रियालिटी टेलिभिजनमा प्र्याङ्क गर्न भन्दै किम जोङ नामको अनुहारमा रासायनिक पदार्थ दल्न लगाएका थिए । त्यसलगत्तै किम जोङ नामको मृत्यु भएको थियो । त्यसपछि उत्तर कोरियाली जासुसहरु फरार भएका थिए भने ती दुई युवतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते