हावाहुरी प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र त्रिपाल आवश्यक : प्रदेश सरकार | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र त्रिपाल आवश्यक : प्रदेश सरकार


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा, पर्सामा हावाहुरीबाट भएको क्षतीको अध्ययनका लागि प्रदेश सरकारले पाँच सदसीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सोमबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको हो ।

समितिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय, सामाजिक विकासमन्त्री नबल किशोर साह, मुख्य न्यायधिवक्ताको कार्यालयका मुख्यन्यायधिवक्त्ता  दीपेन्द्र झा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अरुण कुमार झा रहेका छन् ।

प्रदेश सरकारले घटना परी निधन भएकाको परिवारलाई प्रति परिवार तीन लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने, सम्पूर्ण घाइतेहरुको उपचार प्रदेश सरकारले गर्ने निर्णय समेत गरेको छ ।

प्रदेश सरकारले विपद व्यवस्थापन उद्धार, उपचार र तत्काल राहत उपलब्ध गराउन संघीयर सरकार, स्थानीयर सरकार र सरोकारवाला सबैलाई अनुरोध समेत गरेको छ ।

प्रभावित क्षेत्रमा तत्काल औषधि, खाद्यान्न र त्रिपाल लगायतका सामग्रीहरु आवश्यक रहेकाले जिल्ला दैवी प्रकोप उद्धार समितलिाई क्रियाशील रहन निर्देशन समेत दिएको छ ।

प्रदेश सरकारले राहत र उद्धारका लागि सहयोग गर्न प्रदेश २ को राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको जनकपुरशाखामा रहेको मुख्यमन्त्री राहत कोषको खाता नं. १२२०५०३०००००० मा सहयोग गरीदिन अपिल समेत गरेको छ ।

प्रदेश सरकारको निर्णय

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ३३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य