कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा « Khabarhub

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनामार्फत कालीगण्डकी किनारमा रहेको इनारबाट सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पानी पुर्‍याइएको हो ।

दश मिटर गहिरो इनारमा २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरको ट्याङ्कीमा पानी तान्ने कार्यको शुक्रबार परीक्षण सफल भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए ।

विद्युतीय उपकरणको सहायताले सात सय ५० मिटर लामो पाइपलाइनमार्फत कालीगण्डकीबाट प्रतिसेकेण्ड पाँच लिटरका दरले पानी आपूर्ति भएको छ ।

सुन्दरचौरको ट्याङ्कीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पुग्ने पानी दुईतर्फ वितरण गर्ने संरचना तयार भएको छ ।

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की र सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को ट्याङ्कीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ ।

एक हजार ७०० मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन तथा २३३ घरमा धारा निर्माण भइसकेको छ । दुई तहको पानी तान्ने उपकरण, विद्युतीकरण र धारा जडान सकेर आगामी असोज महिनादेखि रत्नेचौरवासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए ।

रत्नेचौरमा २०३५ सालमा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन ।

२०७६ साल असार २४ गते ठेक्का सम्झौता गरेको प्राकृतिक–प्रदीप जुम्ली जेभीले हालसम्म दुई करोड ३० लाखमा आयोजनाको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

विद्युत् जडान, खानेपानी धाराका सामग्री खरिदसहित हालसम्म तीन करोड १८ लाख खर्च भएको योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन भएको छ ।

मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न हुने चरणमा पुगेको वडाध्यक्ष टेकबहादुर थापाले बताए । (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : ४७ बजे

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई