काठमाडौं ल्याइएका घाइतेमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने | Khabarhub Khabarhub

काठमाडौं ल्याइएका घाइतेमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतवार साँझको हावाहुरीका कारण तराईंका बारा र पर्साका जिल्लामा घाइते भएकामध्ये ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

नेपाली सेनाको स्काइट्रक (जहाज)मार्फत काठमाडौं ल्याइएको ७ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका घाइतेमा पर्साकी समिना खातुन, बाराकी गितादेवी पटेल, महमद मिया, मुनाफ अन्सारी, कृष्ण पटेल, सुरेश पटेल र अमन पटेल छन् ।

घाइतेमध्ये गितादेवी पटेल र सुरेश पटेलको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको शल्यक्रियाको तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेको अवस्था बुझेका छन् ।

मन्त्री पोखरेलले हावाहुरीका कारण घाइते भएका सबैको उपचारको जिम्मा सरकारले लिने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : ३५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून