काठमाडौं ल्याइएका घाइतेमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने « Khabarhub

काठमाडौं ल्याइएका घाइतेमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतवार साँझको हावाहुरीका कारण तराईंका बारा र पर्साका जिल्लामा घाइते भएकामध्ये ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

नेपाली सेनाको स्काइट्रक (जहाज)मार्फत काठमाडौं ल्याइएको ७ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका घाइतेमा पर्साकी समिना खातुन, बाराकी गितादेवी पटेल, महमद मिया, मुनाफ अन्सारी, कृष्ण पटेल, सुरेश पटेल र अमन पटेल छन् ।

घाइतेमध्ये गितादेवी पटेल र सुरेश पटेलको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको शल्यक्रियाको तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेको अवस्था बुझेका छन् ।

मन्त्री पोखरेलले हावाहुरीका कारण घाइते भएका सबैको उपचारको जिम्मा सरकारले लिने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : ३५ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर