रोजगार पीडितका समस्याको समाधान कल सेन्टरबाट गरिन्छ– श्रम मन्त्री « Khabarhub

रोजगार पीडितका समस्याको समाधान कल सेन्टरबाट गरिन्छ– श्रम मन्त्री


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार तथा आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकका समस्या सिहंदरबारबाटै सम्वोधन गर्ने बताएका छन् ।

सोमबार श्रम मन्त्रालयले सञ्चालनमा ल्याएको कल सेन्टरको उद्घाटन गदै मन्त्री विष्टले देशभित्र वा देश बाहिर रोजगारीका क्रममा समस्या परेका श्रमिकको समस्याको समाधान कल सेन्टरबाट गर्ने बताए ।

रोजगारीको खोजीका क्रममा समस्यामा परेका नागरिकको उजुरी लिने र तत्काल समाधानको पहल गर्ने मन्त्री विष्टले बताए ।

‘विश्वका जुन्सुकै कुनामा समस्यामा परेका नेपाली श्रमिकले आफूले भोगिरहेको पीडा कल सेन्टरमा फोन तथा सामाजिक सञ्जालमार्फत दर्ता गराउन व्यवस्था गरिएको छ’ मन्त्री विष्टले भने,‘जसका आधारमा श्रम मन्त्रालयले कुटनीतिक नियोगसँग समन्वयन गरी उद्धारका लागि पहल गर्ने छ । समस्याको प्रकृति हेरी पहलको व्यवस्था गरिने छ ।’

आफना नागरिकको सुरक्षाका लागि राज्य दायित्वबाट नपन्छिने मन्त्री विष्टको भनाइ थियो ।

फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर आदि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरको व्यवस्था गरिएको हो ।

श्रम मन्त्रालयले सञ्चालनमा ल्याएको सेन्टरमा ११४१ नम्बरमा डायल गरी जोकसैले समस्या र जानकारी राख्न सक्नेछ । प्रयोगकताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने एनसेल प्रयोगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिरहेको छ ।

विदशेमा रहेका कामदारले ९७७१५९७०००८ नम्बरको भाइवर, इमो, मेसेन्जरमा सम्पर्क गर्न सक्नेछन् ।

कल सेन्टरले फोनबाट मात्रै नभएर भाइबर, फेसबुक, ट्विटर, इमो, ह्वाट्सएप लगायत सबै सामाजिक सञ्जालबाट उजुरी लिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यी सेवा दिन मन्त्रालय प्रविधिक संयन्त्र विकास गरिसकेको जानकारी दिएको छ ।

सेन्टरमा उजुरी दर्ता भए लगत्तै सम्बन्धित अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) समेत हुने गरी सफ्टवेयर विकास गरिएको मन्त्रालयको भनाई छ । उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गरिने व्यवस्था गरिएको मन्त्रालय जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ३६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल