काठमाडौंका सडकबाट २ सय टन धुलो संकलन « Khabarhub

काठमाडौंका सडकबाट २ सय टन धुलो संकलन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ ।
महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच ब्रुमरप्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ ।

महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार ब्रुमरले सडक सफा गर्दा समस्या आएपछि खाल्डाखुल्डी पुर्न सडक विभागसँग आग्रह गरेको छ । खाल्डाखुल्डी नभए नियमित सहजतापूर्व काम हुने हुँदा तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

सडकको मुख्य स्थान न्युरोण, रत्नपार्क, जमल, कालीमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्नका आग्रह गरेको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको थियो ।

गत असारमा गरिएको बोलपत्रका आधारमा उक्त यन्त्र ल्याइएको हो । काठमाडौंका सडकमा माटो धेरै भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग छलफल गरिरहेको छ । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा छन् । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : २९ बजे

गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

काठमाडौं- ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट क्षेत्र नम्बर ६

‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौं– नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा डिजिटल लाउञ्ज सेवा सुरु गरेको

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी