समाजिक सञ्जाल कम्पनीमाथि नियन्त्रण हो, प्रयोगकर्तामाथि होइनः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

समाजिक सञ्जाल कम्पनीमाथि नियन्त्रण हो, प्रयोगकर्तामाथि होइनः मन्त्री बाँस्कोटा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण हुनेगरी सरकारले कुनै पनि कानुनी व्यवस्था गर्न नचाहेको बताएका छन् ।

मन्त्री बास्कोटाले सामाजिक सञ्जाल कम्पनीहरुलाई भने नियमनको दायरामा ल्याउन दर्ता गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारेका हुन् ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सामाजिक मूल्य, मान्यता विपरित हुनेगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कम्पनीलाई भने सरकारले कडा कार्वाही गर्ने गरी कानुनी व्यवस्था गर्ने पनि उल्लेख गरे ।

मन्त्री बास्कोटाले युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरितका सूचना प्रवाह गर्ने सामाजिक सञ्जाल कम्पनीलाई कार्वाही गर्ने कानुनी व्यवस्था गरिएको समेत स्मरण गराए ।

सरकारले ल्याएको सो विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कारबाही गर्ने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले सो कम्पनीलाई निययन हुने गरी कानूनी व्यवस्था गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख ट्वीटर प्रयोगकर्ताहरु रहेको पनि संचार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले जानकारी दिए । मन्त्री बास्कोटाले सूचना प्रविधिका कारण हुने असहजतालाई नियन्त्रण गर्न पनि सरकारले सो सम्बन्धि कानुनलाई व्यवस्थित बनाउन लागिएको पनि समितिलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : ४८ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा