हेर्दा हेर्दै बस्ती बन्यो खण्डहर, स्थानीय भक्कानिँदै भन्छन्- पीडा पोख्ने शब्द नै छैन « Khabarhub

हेर्दा हेर्दै बस्ती बन्यो खण्डहर, स्थानीय भक्कानिँदै भन्छन्- पीडा पोख्ने शब्द नै छैन



बारा-  आइतबार राति एक्कासी बारा र पर्सामा ठूलो विपत्ति आइलाग्यो । २ मिनेटको अवधिमा हावा हुरीले हेर्दा हेर्दै सुन्दर बस्ती खण्डहरमा परिणत बने । घरका छाना उडे, टहरा पुरै भत्किए, रुख ढले, बस–ट्रक पल्टिए । यो भन्दा ठूलो दुखद् घटना २७ जनाले ज्यान गुमाए ६ सयभन्दा बढी घाइते ।

स्थानीयको कोलाहल र चिच्याहट अनि  अस्पतालमा छटपटाइरहेका  घाइतेहरुको अवस्था देख्दा जो कोहीको मन भावूक बन्छ । कुनै कुनै ठाउँमा गाह्रो लगाइएका इटा भुईंभरी असरल्ल छन् । घरको नाममा इट्टाको थुप्रो देखिन्छ ।

सोमबार विहान स्थलगत रिपोर्टिङका क्रममा पुग्दा फेटा गाउँपालिका-१ बाराका खुर्सेद आलाम हामी सँग भक्कानिएर रोए ।

गहभरी आँशु, मलिन मुद्रामा रहेका आलमले भने ‘राति एक्कासी ठूलो आवाजसहित हावाहुरी आयो सँगै असिना पानी दर्कियो । दुई मिनेट बितेको छैन, गर्ल्याम–गुर्लुम घर लड्यो । मेरै घरमा दुईजनाको ज्यान गयो, मैले चाहीँ बल्ल–बल्ल ज्यान जोगाएँ ।’

आलामको घरभन्दा केही पर स्थानीय मुस्तान खातुन पनि गहभरी आँशु बनाएर बसेका थिए । हावाहुरीका कारण उनले आफ्नी पत्नी र बुहारी गुमाएका थिए ।

‘राति एक्कासी हावाहुरी चल्यो, म बाहिर थिएँ, पछि केही मत्थर भएपछि हतार-हतार घर पुगेँ तर, घर छेउ पुग्दा न त घर देखियो न त श्रीमती र बुहारी नै । घर पुरै ढलेको थियो । घरले किचेर श्रीमती र बुहारीको निधन भइसकेको रहेछ ।’  आफन्त गुमाउँदाको पीडाले हाेला उनी स्तब्ध बने ।

फेटा गाउँपालिका ६ मा पुग्दा टाउकोमा चोट बोकेर यता उता टोलाउँदै गरेका स्थानीय धरम अन्सारी भेटिए । उनको अवस्था पनि आलाम र खातुनको भन्दा फरक थिएन । उनले भने– ‘बहुत ठूलो तुफान आँधी एक्कासी आयो, लगत्तै मेरो टाउकोमा ढुंगा बज्रियो त्यपछि केही थाहा भएन । पछि जब होस आयोे बस्ती त इट्टाको थुप्रो भैसकेछ ।’

स्थानीय एकवालोसन अन्सारी भने ‘खान खाएर सुतिरहेकाे थिएँ, एक्कासी ठूलो आवाज सहित हावा हुरी चल्यो।  सबैजना त्यहाँ भाग्यौं- छिमेकिको पक्की घरमा ।  हेर्दा हेर्दै मेराे घर ढल्यो ।’

हावाहुरीबाट आफन्त गुमाएका तथा घरबारविही भएका यिनीहरुले जस्तै बारा र पर्सामा सयौंले पीडा भोगिरहेका छन् ।

सुन्दर बस्ती खण्डहर

बाँस र ढुंगा माटोले लिपेको घरको नामोनिशाना देखिँदैन । सिमेन्ट लगाएका इँटाको गाह्रो भएका घर पनि बाँकी छैनन् । पिलर सिस्टमका केही घरहरु मात्रै ठडिएको देखिन्छन् ।

बिजुलीका पोलहरु पुरै ढलेका छन् । गाउँमा बत्ती पनि छैन इन्टरनेटको त के कुरा ? रुखहरु ढलेर सडकहरु प्नि अवरुद्ध छन् । बाँस झ्याँग हरु जरै देखि उखेलिएका छन् ।

भकारीको अन्नबाली भुईंमा असरल्ल पोखिएको छ । अहिले प्रभावित क्षेत्रमा तत्काल शुद्ध पीउने पानी, खानेकुरा र औषधीको आवश्यक देखिन्छ ।

दिनभर घाइतेको उद्दारमा व्यस्त भएका प्रभावितहरु रात कसरी कटाउने, बालबच्चालाइ कहाँ आश्रय दिने भन्ने  चिन्तामा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ०९ बजे

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि