युक्रेन चुनावः राष्ट्रपति पदमा हास्य कलाकारको अग्रता « Khabarhub

युक्रेन चुनावः राष्ट्रपति पदमा हास्य कलाकारको अग्रता


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा भएको राष्ट्रपतीय निर्वाचनमा हास्य कलाकार भोलोदिमिर जेलेन्स्कीले अग्रता लिएका छन् । आइतबार भएको मतदानको ७० प्रतिशतभन्दा धेरै मतगणना भइसकेको अवस्थामा जेलेन्स्कीले ३०.४५ प्रतिशत मत ल्याएका छन् । त्यस्तै उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोले केबल १६.१९ प्रतिशत मत ल्याएका छन् ।

कुनै पनि राष्ट्रपतीय उम्मेद्वारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएको खण्डमा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वारले दोश्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान अनुसार उनले आगामी अप्रिल २१ मा हुने दोश्रो चरणको मतदानमा पोरोसेन्कोसँग प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।

संस्थापनविरोधी मुद्दा लिएर चुनावमा लडेका उनले आफ्ना समर्थक र मतदातालाई धन्यवाद दिएका छन् । सन् २०१४ यता मुलुकको पूर्वी क्षेत्रमा जारी युद्ध र रुसले युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेपछि युक्रेनमा राजनीतिक संकट चर्किँदै गएको छ । त्यसबाहेक राष्ट्रपति पोरोसेन्कोको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि आरोप लागिरहेको छ ।

यसैक्रममा यसअघि कुनै राजनीतिक अनुभव नभएका उनले युवापुस्ताका मतदातालाई आकर्षित गर्ने हिसाबमा संस्थापनविरोधी पपुलिष्ट मुद्दालाई अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिमा निर्वाचित भए उनीमाथि मुलुकको पूर्वी क्षेत्रमा जारी हिंसा अन्त्य गर्ने र मुलुकमा लगानी आकर्षित गर्ने मुख्य चुनौति हुने बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ०३ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज