विप्लव नेकपाको ‘कब्जा’मा रहेको रातो घरमा लगाइयो डोजर « Khabarhub

विप्लव नेकपाको ‘कब्जा’मा रहेको रातो घरमा लगाइयो डोजर


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको बुटवलको रातोघर भन्ने राष्ट्रिय बाणिज्य बैंकको भवनमा डोजर लगाइएको छ ।

बिप्लव नेतृत्वको नेकपाले कब्जा गरी कार्यालयका रुपमा प्रयोग गरेको सो राष्ट्रिय बाणिज्य बैंकको भवनबाट पार्टीका झण्डा र ब्यानरहरु हटाई डोजर लगाइएको हो ।

जनयुद्ध पश्चात तत्कालीन नेकपा माओवादीले कब्जा गरेर कार्यालयका रुपमा प्रयोग गरेको सो भवन पार्टी फुटेपछि बैद्य समुह हुँदै पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको थियो ।

प्रहरी प्रशासनको सहयोगमा बाणिज्य बैंकले आफ्नो जग्गा फिर्ता लिने क्रममा पार्टीको झण्डा तथा ब्यानरहरु हटाई डोजर लगाएको हो ।

राष्ट्रिय बाणिज्य बैंक श्रोतले बताए अनुसार सो भवनमा जनयुद्ध कालमा बम बिष्फोट गराई क्षति पुर्‍याइएको थियो । त्यसपछि  विप्लव नेकपाले कार्यालय सञ्चालन गर्दै आइरहेकोमा अब बैंकले प्रादेशिक कार्यालय बनाउने छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ०८ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद