च्याम्पियन पीएसजीमाथि मोन्टेपेरिल्लाको जीत « Khabarhub

च्याम्पियन पीएसजीमाथि मोन्टेपेरिल्लाको जीत


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रेन्च लिग वानको च्याम्पियन्स टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) मोन्टपेल्लिरसँग पराजित भएको छ । मंगलबार राति भएको लिग वानको खेलमा पीएसजी मोन्टपेल्लिरसंग ३–२ गोल अन्तरले पराजित भएको हो ।

मोन्टपेल्लिर घरेलु मैदानमा शुरुवाति अग्रता लिएको पीएसजीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । खेलको १२ औं मिनेटमा मोन्टपेल्लिरका एम्ब्रोइस आयोङगोको आत्मघाती गोलबाट पीएसजीले अग्रता बनाएको थियो । तर, खेलको १५ औं मिनेटमा पीएसजीका प्रेस्नेल किम्पेम्बेको आत्मघाती गोलबाट मोन्टपेल्लिर खेलमा फर्किएको थियो ।

खेल १–१ गोलको बराबरी हुँदा ६२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । तर, मोन्टेपेरिल्लाका लागि ८० औं मिनेटमा एन्डी डिलोर्टले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

मोन्टेपेरिल्लाका लागि खेलको ८५ औं मिनेटमा सौलुमाने कामराले गोल गर्दै टोलीलाई ३–२ को जित दिलाएका थिए ।

पराजित पीएसजी यसअघि नै लिग च्याम्पियन बनिसकेको छ । जितसंगै मोन्टपेल्लिर ५४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित पीएसजी ८४ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : २० बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा