चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान « Khabarhub

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा बढीको खसी-बोकाको कारोबार हुने अनुमान गरिएको छ। दसैँको सुरुआतसँगै जिल्लामा मासुको व्यापार उल्लेख्य रूपमा बढेको छ।

मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार दसैँको अवधिमा मात्रै १५ हजारभन्दा बढी खसी-च्याङ्ग्रा बिक्री हुने र त्यसबाट ३० करोड रुपैयाँ बराबरको कारोबार हुने आकलन गरिएको छ। यो तथ्याङ्कमा घरमै उत्पादन गरी खपत गरिएका खसी-बोका समावेश छैनन्।

गत वर्षको दसैँमा करिब १० हजार खसी-च्याङ्ग्रा बिक्री भएकोमा यसपालि घटस्थापनादेखि नै माग बढेकाले खपत अझै बढ्ने व्यवसायीको भनाइ छ। जिल्लामा रहेका एक हजारभन्दा बढी मासु पसलमध्ये १५० वटा पसलमा खसीको मात्र मासु बिक्री हुने गर्छ।

विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले भारतीय खसी-बोका आयात गरेका छैनन्। स्थानीय स्तरमै सञ्चालित सहकारीहरूले उत्पादन बढाएपछि भारतबाट खसी ल्याउनुपर्ने बाध्यता हटेको अध्यक्ष कँडेलले बताए। हाल चितवनबाट उत्पादित खसी काठमाडौँ पठाइनुका साथै जिल्लाभित्र भने गोरखा, धादिङ, नवलपरासी र तनहुँबाट आपूर्ति भइरहेको छ।

हाल चितवनको बजारमा जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० रुपैयाँभन्दा बढी छ भने तयारी मासु प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै यसपालि मुस्ताङका साथै जुम्ला, बझाङ र डोल्पाबाट गरी तीन हजारभन्दा बढी च्याङ्ग्रा चितवन भित्रिएका छन्। दसैँमा कुखुराको मासुको बिक्री भने तुलनात्मक रूपमा कम हुने र करिब चार करोड रुपैयाँको कारोबार हुने अनुमान छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ८ : ०७ बजे

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार