‘सरकारले स्वदेशमै जीवन धान्ने रोजीरोटीको व्यवस्था गर्छ’ « Khabarhub

‘सरकारले स्वदेशमै जीवन धान्ने रोजीरोटीको व्यवस्था गर्छ’


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर निर्माण गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज (बुधबार) एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मे १ तारिकालाई गौरवमय दिनको रुपमा आफूले लिएको उल्लेख गरे ।

नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानको प्रधानमन्त्री ओलीले उच्च सम्मान प्रकट गरेका छन् ।

‘राजनीतिक-सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ‘मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक-सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ।’

सरकारले श्रमजीवीहरुको हक-अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरी सकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको छ’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘ पूर्व प्रतिवद्धताअनुरुप सरकारले आगामी आर्थिक बर्ष देखि लागु हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गरिसकेको छ ।’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचिकरण गर्ने काम भइरहेको बताए । प्रधानमन्त्रीले आफ्नो सन्देशमा रोजगार सेवा केन्द्रमा सूचिकृत भएका वेरोजगार व्यक्तिहरुलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको प्रत्याभूति गरिने व्यवस्थाका लागि कार्य प्रारम्भ भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उत्पादकत्व वृद्धि गर्ने ठोस योजनाका साथ सरकार तीव्र गतिमा अघि बढेको उल्लेख गरेका छन् । ‘वर्तमान सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्दै लैजान कटिवद्ध छ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले श्रम ऐनकै व्यवस्थावमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको उल्लेख गरेका छन् । यस्तै आफ्नो पूर्वप्रतिवद्धता अनुसार सरकारले गएको साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम समेत शुभारम्भ गरिसकेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ८ : ५७ बजे

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त