मजदुरका कथामा फिल्म बन्नै छाडेका हुन् ? « Khabarhub

मजदुरका कथामा फिल्म बन्नै छाडेका हुन् ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक जमाना थियो, मजदुरका कथालाई लिएर धेरै फिल्म निर्माण हुने गर्थे । राजेश हमाल, विराज भट्ट, सुशील क्षेत्री, निखिल उप्रेती, दिलिप रायमाझी लगायत सबै चल्तीका अभिनेताले मजदुर र निम्न वर्गका कथालाई लिएर कैयन् फिल्म खेले । तर अहिले भने फिल्मको कथा रोजाइ फेरिएको छ ।

संयोग भन्नुपर्छ, केही दिनअघि मात्र एक फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो, पसिना । उक्त फिल्ममा मजदुरको कथा समेटिएको छ त भनिएको छ तर फिल्मको खासै चर्चा छैन ।

केही दशकअघि निम्न वर्गका मजदुरहरु थिचोमिचोमा परेको कथा फिल्ममा हुन्थ्यो । त्यो समूहमा एकजना नायक भएर आउँथ्यो र सम्भ्रान्त वर्गबाट मजदुरलाई जोगाउँथ्यो । यस्ता फिल्महरु दर्शकले निकै रुचाउँथे । महानायक राजेश हमालले मजदुरका कथामा निकै फिल्म खेले । जसकारण नेपाली दर्शकमाझ उनको क्रेज अझै पनि उस्तै छ ।

समाजको स्वरुप केही परिवर्तन हुनासाथ यतिबेला भने फिल्ममा नयाँपनको प्रयोग गरिन थालेको छ । खासगरी अहिलेका फिल्ममा मजदुरभन्दा पनि सुखमा रमाएकाहरुको कथा हुन्छ । ती फिल्मले केही हदसम्म दर्शकलाई सन्तुष्टि दिन्छन् । तर, ती फिल्मको केही दिनमै चर्चा हुन छोड्छ । फिल्म दीर्घकालीन हुन सकेका छैनन् ।

एकातिर मजदुरका कथाहरुलाई दर्शकले खासै नरुचाएको र अर्कातिर पुराना फिल्म अझै पनि जीवित रहनुले मजदुरका कथा पनि खोजिनुपर्ने देखिन्छ । होला, दर्शकले मजदुरका कथामा फरकपन खोजेका होलान् तर हाम्रो समाजबाट मजदुर समस्यामा परेका कथा नै सकिएको त पक्कै होइन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : २४ बजे

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो