नारोहितो बने जापानका नयाँ सम्राट, शुरु भयो रेइवा युग « Khabarhub

नारोहितो बने जापानका नयाँ सम्राट, शुरु भयो रेइवा युग


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १२६ औं सम्राट बनेर नारोहितो औपचारिक रुपमा जापानको सिंहासनमा बसेका छन् ।

नेपाली समय अनुसार मंगलबार आधा रातमा सम्राट अकिहिताले ‘क्राइसेथिमस थ्रोन(राजगद्दी)’ आफ्नो छोरा नारोहितोलाई हस्तान्तरण गरे । सम्राट नारोहितोले राजसिंहासनमा बसेपछि आफ्नो पहिलो सम्बोधनमा खुसीयाली र विश्व शान्तिको कामना गरेका छन् ।

इम्पेरियल प्यालेसमा आयोजित पारम्परिक रीति रिवाजका बीचा नारोहितोलाई मुकुट पहिराइएको थियो भने उनलाई जापानको शाही खजानाको साचो हस्तान्तरण गरिएको थियो ।

जापानमा जब कोही राजा आफ्नो गद्दी त्याग्छन् त्यसपछि एक युगको अन्त्य र नयाँ राजा बन्नासाथ नयाँ युगको शुरुवाता हुन्छ ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारोहिता राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ । यस नयाँ युगको नाम रेइवा हो जो नारोहितोको शासनकालसम्म चल्ने छ ।

जापानको राजासँग कुनै राजनीतिक शक्ति हुँदैन तर उनलाई जापानका नागरिकले राष्ट्रिय प्रतिकको रुपमा हेर्छन् ।

कसरी भयो राजाको विदाइ र नयाँ राजाको स्वागत ?

मंगलबार राति स्थानीय समयअनुसार रात १० बजेर १५ मिनेटमा ताजपहिराउने कार्यक्रमको शुरुवात भएको थियो । यस क्रममा ५९ वर्षीया नयाँ सम्राट नारोहितालाई राजपरिवारको नयाँ तलवार र मूल्यवान गरगहना हस्तान्तरण गरिएको थियो । यसलाई राजपरिवारको शक्तिको रुपमा लिने गरिएको छ ।

पारम्परिक पोशाकमा अकिहितो सबैभन्दा पहिला शाही परिवारको कुल देवी अमेतरासुको मन्दिमा गएका थिए जहाँ उनले देवीलाई आफ्नो पद छोड्ने सूचना दिने परम्पराको पालन गरे ।

यसपछि शाही महलमा उनको विदाइ समारोहको आयोजन गरेको थियो । यस बीचमा शाही परिवार, प्रधानन्त्री सिन्जो आवेसमेत अन्य अधिकारीको उपस्थितमा उनले गद्दी छोड्ने घोषणा गरिएको थियो ।

सम्राट अकिहितोले किन छोडे गद्दी ?

करीब २०० सालको जापानी राजघरानाको इतिहासमा अकिहितो एकमात्र यस्ता राजा हुन् जसले आफ्नो इच्छाले राजगद्दी छोडेका छन् । ८५ वर्षीय अकिहितोले स्वास्थ्य कारण राजगद्दी छोडेका हुन् ।

सन् २०१६ मा सम्राट अकिहितोले देशको नाममा एक विषेश सम्बोधन गर्दै बढ्दो उमेरका कारण एक राजको भूमिका आफूले ठिकसँग गर्न सक्नेमा उनले शंका व्यक्त गरेका थिए । त्यही समय उनले आफूले राजगद्दी त्याग्न चाहेको संकेत गरेका थिए ।

त्यसको एक वर्षपछि जापानको संसदे एक विशेष कानून बनाएर उनलाई राजगद्दी छोड्ने अनुमति दिएको थियो ।
अकिहितोले १९८९ मा राजगद्दी सम्हालेका थिए । ३० वर्ष सम्राट रहेपछि उनले अन्तिम सम्बोधनमा सहयोगका लागि जनतालाई धन्यवाद दिए र शान्तिको कामना गरेका थिए ।

को हुन् नयाँ राजा ?

५९ वर्षका नारोहितो अक्सफोर्ड मा पढेका र २८ वर्षको उमेर युवराज घोषित भएका थिए ।

उनले १९९३ मा मसाको ओवाडासँग विवाह गरेका थिए । नारोहितो र मसाकाको एक छोरी छिन् जसको नाम प्रिन्सेज आइको हो र उनी १८ वर्षकी भइन् । तर जापानको वर्तमान कानून अनुसार महिला राजगद्दीमा वस्ने व्यवस्था छैन त्यसैले उनी जापानको राजसंस्थाको आगामी उत्तराधिकारी होइनन् ।

यसकारण नयाँ राजा नारोहितोका भाइ राजकुमार फुमिहितो आगामी उत्तराधिकारी हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : ५१ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट