नारोहितो बने जापानका नयाँ सम्राट, शुरु भयो रेइवा युग « Khabarhub

नारोहितो बने जापानका नयाँ सम्राट, शुरु भयो रेइवा युग


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १२६ औं सम्राट बनेर नारोहितो औपचारिक रुपमा जापानको सिंहासनमा बसेका छन् ।

नेपाली समय अनुसार मंगलबार आधा रातमा सम्राट अकिहिताले ‘क्राइसेथिमस थ्रोन(राजगद्दी)’ आफ्नो छोरा नारोहितोलाई हस्तान्तरण गरे । सम्राट नारोहितोले राजसिंहासनमा बसेपछि आफ्नो पहिलो सम्बोधनमा खुसीयाली र विश्व शान्तिको कामना गरेका छन् ।

इम्पेरियल प्यालेसमा आयोजित पारम्परिक रीति रिवाजका बीचा नारोहितोलाई मुकुट पहिराइएको थियो भने उनलाई जापानको शाही खजानाको साचो हस्तान्तरण गरिएको थियो ।

जापानमा जब कोही राजा आफ्नो गद्दी त्याग्छन् त्यसपछि एक युगको अन्त्य र नयाँ राजा बन्नासाथ नयाँ युगको शुरुवाता हुन्छ ।

जापान नयाँ युगमा प्रवेश गर्न लागेको घोषणा केही समय अघि गरिएको थियो । नारोहिता राजसिंहासनमा बसेसँगै जापानमा नयाँ युगको शुभारम्भ भएको छ । यस नयाँ युगको नाम रेइवा हो जो नारोहितोको शासनकालसम्म चल्ने छ ।

जापानको राजासँग कुनै राजनीतिक शक्ति हुँदैन तर उनलाई जापानका नागरिकले राष्ट्रिय प्रतिकको रुपमा हेर्छन् ।

कसरी भयो राजाको विदाइ र नयाँ राजाको स्वागत ?

मंगलबार राति स्थानीय समयअनुसार रात १० बजेर १५ मिनेटमा ताजपहिराउने कार्यक्रमको शुरुवात भएको थियो । यस क्रममा ५९ वर्षीया नयाँ सम्राट नारोहितालाई राजपरिवारको नयाँ तलवार र मूल्यवान गरगहना हस्तान्तरण गरिएको थियो । यसलाई राजपरिवारको शक्तिको रुपमा लिने गरिएको छ ।

पारम्परिक पोशाकमा अकिहितो सबैभन्दा पहिला शाही परिवारको कुल देवी अमेतरासुको मन्दिमा गएका थिए जहाँ उनले देवीलाई आफ्नो पद छोड्ने सूचना दिने परम्पराको पालन गरे ।

यसपछि शाही महलमा उनको विदाइ समारोहको आयोजन गरेको थियो । यस बीचमा शाही परिवार, प्रधानन्त्री सिन्जो आवेसमेत अन्य अधिकारीको उपस्थितमा उनले गद्दी छोड्ने घोषणा गरिएको थियो ।

सम्राट अकिहितोले किन छोडे गद्दी ?

करीब २०० सालको जापानी राजघरानाको इतिहासमा अकिहितो एकमात्र यस्ता राजा हुन् जसले आफ्नो इच्छाले राजगद्दी छोडेका छन् । ८५ वर्षीय अकिहितोले स्वास्थ्य कारण राजगद्दी छोडेका हुन् ।

सन् २०१६ मा सम्राट अकिहितोले देशको नाममा एक विषेश सम्बोधन गर्दै बढ्दो उमेरका कारण एक राजको भूमिका आफूले ठिकसँग गर्न सक्नेमा उनले शंका व्यक्त गरेका थिए । त्यही समय उनले आफूले राजगद्दी त्याग्न चाहेको संकेत गरेका थिए ।

त्यसको एक वर्षपछि जापानको संसदे एक विशेष कानून बनाएर उनलाई राजगद्दी छोड्ने अनुमति दिएको थियो ।
अकिहितोले १९८९ मा राजगद्दी सम्हालेका थिए । ३० वर्ष सम्राट रहेपछि उनले अन्तिम सम्बोधनमा सहयोगका लागि जनतालाई धन्यवाद दिए र शान्तिको कामना गरेका थिए ।

को हुन् नयाँ राजा ?

५९ वर्षका नारोहितो अक्सफोर्ड मा पढेका र २८ वर्षको उमेर युवराज घोषित भएका थिए ।

उनले १९९३ मा मसाको ओवाडासँग विवाह गरेका थिए । नारोहितो र मसाकाको एक छोरी छिन् जसको नाम प्रिन्सेज आइको हो र उनी १८ वर्षकी भइन् । तर जापानको वर्तमान कानून अनुसार महिला राजगद्दीमा वस्ने व्यवस्था छैन त्यसैले उनी जापानको राजसंस्थाको आगामी उत्तराधिकारी होइनन् ।

यसकारण नयाँ राजा नारोहितोका भाइ राजकुमार फुमिहितो आगामी उत्तराधिकारी हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ११ : ५१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,