च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ? « Khabarhub

च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-युईएफए च्याम्पियन्स लिग फुटबल अन्तगत सेमिफाइनल खेलको पहिलो लेगमा स्पेनिस महारथी बार्सिलोना र इंग्लिस क्लब लिभरपुल भिड्दैछन् । गएको सिजनको उपविजेता लिभरपुल यो सिजनमा उपाधि दाबेदारका रुपमा हेरिएको छ भने मेस्सीको टोली बार्सिलोना आफूलाई च्याम्पियन बनाउने लक्ष्यमा छ ।

इंग्लिस क्लबविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सी आक्रामक रुपमा प्रस्तुत हुनसक्ने विश्लेषकको भनाइ छ । क्वाटरफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको बार्सिलोनाका लागि कप्तान मेस्सीले निर्णायक गोल गरेका थिए ।

त्यस्तै, क्वाटरफाइनलमा लिभरपुलले पनि एफसी पोर्टोलाई पराजित गर्दै बार्सिलोनासँगको भेट पक्का गरेको थियो । बार्सिलोनाविरुद्ध आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले बताए ।

उनले बार्सिलोनासँगको उसैको घरेलु मैदानमा हुने खेल प्रतिस्पर्धात्मक भएपनि लिभरपुलले जीत हात पार्ने बताएका छन् । २६ औं ला लिगाको उपाधि उचालेको बार्सिलोना पहिलो लेगमा उच्च मनोवलका साथ मैदान उत्रिनेछ ।

बार्सिलोनाका खेलाडी इभार राकिटीकका अनुसार कप्तान लियोनल मेस्सी यो सिजनको च्याम्पियन्स लिग उपाधि उचाल्ने लक्ष्यमा छन् ।

सन् २०१५ पछि पहिलो उपाधि उचाल्न नसकेको बार्सिलोनाका लागि यो सिजन उपाधि उचाल्न सहज पनि छ । लिभरपुललाई आजको खेलमा रोक्न सके दोस्रो लेग अझै सहज हुने विश्लेषकहरुको जिकिर छ ।

राकिटीकले आफ्ना कप्तानको भनाइ सबै खेलाडीले पछ्याउने गरेको बताएका छन् ।

बार्सिलोनामा मेस्सीको भर भएजस्तै, लिभरपुलका लागि मोहम्मद सलाहको पनि उत्तिकै प्रसंशनीय प्रदर्शन हुने गर्दछ । आजको खेलमा उनले पनि टिमका लागि उत्कृष्ट खेल्ने धेरैको आँकलन छ । त्यसोत, लिभरपुलका मिडफिल्डर रोवर्टो फिर्मिन्हो पनि आज बार्सिलोनाविरुद्ध मैदान उत्रिने पक्का जस्तै छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ०१ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३