ट्रकले कारलाई ठक्कर दिँदा नेकपाका चार नेता घाइते | Khabarhub Khabarhub

ट्रकले कारलाई ठक्कर दिँदा नेकपाका चार नेता घाइते


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन् । बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट कारको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने कार नालिमा फसेको छ ।

ट्रकको ठक्करबाट कारमा सवार चार जना घाइते भएका छन् । उनीहरु सत्तारुढ नेकपाका स्थानी नेता हुन् । दुर्घटनामा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा उक्त दुर्घटना भएको हो । घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ०३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि