अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल « Khabarhub

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका छन् । उनको हालै प्रदर्शनमा आएको तेलुगु चलचित्र ‘कन्नप्पा’ को एउटा संवाद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेता टेलिप्रम्प्टरमा निर्भर रहेको आरोप लागेको हो ।

भिडियोमा अक्षय कुमार भगवान शिवको भूमिका निर्वाह गर्दै शक्तिशाली संवाद बोलिरहेका छन् । तर, ध्यान दिएर हेर्दा उनका आँखा टेलिप्रम्प्टरतर्फ सर्दै गरेको देखिन्छ । एक फ्यानले उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दा उनको आँखाको हेराइमा स्पष्ट देखिएको हो । यसपछि सामाजिक सञ्जालमा यस बारे चर्चा चल्न थाल्यो ।

केही प्रयोगकर्ताले अक्षयको यस समर्थन गरे पनि, धेरैले उनको आलोचना गरेका छन्। एक प्रयोगकर्ताले भनेका छन्, “टेलिप्रम्प्टर कुमार, ४० दिनमै फिल्म यसरी बनाइन्छ भने अन्य कलाकारहरूले कसरी गर्छन् ?” अर्को प्रयोगकर्ताले लेखेका छन्, “पहिले जोशिला र प्रतिभाशाली थिए अक्षय कुमार, अहिले सबै संवाद टेलिप्रम्प्टरबाट पढ्छन् । उनलाई संवाद सम्झन नै चासो छैन।”

यो पहिलो पटक होइन जब अक्षय कुमार टेलिप्रम्प्टर प्रयोग गरेको भन्दै आलोचना झेल्दै आएका छन् । यसै वर्ष प्रदर्शन भएको फिल्म  ‘सरफिरा’ को प्रचार क्रममा पनि यस्तै आरोप सार्वजनिक भएको थियो। 

‘कन्नप्पा’ फिल्म भगवान शिवका भक्त कन्नप्पाको जीवनकथामा आधारित तेलुगु चलचित्र हो। यसमा तेलुगु अभिनेता विष्णु मञ्चु मुख्य भूमिका छन् भने अक्षय कुमार, प्रभास, मोहनलाल र काजल अग्रवालले विशेष क्यामियो भूमिका निभाएका छन् ।

यो विवादले बलिउडमा कलाकारहरूको अभिनय प्रक्रियामा टेलिप्रम्प्टर प्रयोगको विषयमा पुनः बहस सुरु गरेको छ। दर्शकहरूले कलाकारको वास्तविक अभिनय क्षमता र मेहनत देख्न चाहन्छन्, र यस किसिमको घटना त्यसमा असर पार्ने बताइन्छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : ०५ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे