मादुरोविरुद्ध सडकमा ओर्लिएका प्रदर्शनकारीमाथि कुद्‍यो बख्तरबन्द गाडी « Khabarhub

मादुरोविरुद्ध सडकमा ओर्लिएका प्रदर्शनकारीमाथि कुद्‍यो बख्तरबन्द गाडी


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामा निकोलस मादुरोको सरकारविरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीलाई सेनाको बख्तरबन्द गाडीले किचेको भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

विपक्षी नेता हुआँ गुआइदोको आह्वानमा मंगलबार राजधानी कराकासमा रहेको सैनिक शिविर अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई मादुरोप्रति वफादार फौजको बख्तरबन्द गाडीले किचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सैनिक शिविर अगाडि प्रदर्शन गरिरहेका केही दर्जन प्रदर्शनकारीको भीडमा एक्कासी बख्तरबन्द गाडी जोताइएको थियो । त्यसपछि प्रदर्शनकारीमध्ये केहीले उक्त बख्तरबन्द गाडीमा मोलोतोभ कक्टेल (पेट्रोल बम) प्रहार गरेका थिए । मोलोतोभ कक्टेल लागेपछि बख्तरबन्द गाडीको माथिल्लो भागमा आगो लागेको थियो ।

उक्त घटनामा भएको हताहतीबारे भने केही खुलाइएको छैन ।

विपक्षी नेता हुआँ गुआइदोको आह्वानमा मंगलबार सैनिक विद्रोहसँगै जनप्रदर्शन भएको थियो । गुआइदोले बुधबारका लागि पनि व्यापक जनप्रदर्शनको आह्वान गरेका छन् ।

राष्ट्रपति मादुरोले भने गुआइदोको आह्वानमा भएको सैनिक विद्रोहलाई कूको संज्ञा दिँदै त्यस कू विफल भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार