‘एक’ हुन नसकेका नेपाली मजदूर, आफ्नै दिवसमा पनि दलगत आधारमा कार्यक्रम ! « Khabarhub

‘एक’ हुन नसकेका नेपाली मजदूर, आफ्नै दिवसमा पनि दलगत आधारमा कार्यक्रम !


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली श्रमिक र मजदूर संगठनबीच एउटा नारा ‘कमन’ जस्तै छ, ‘संसारका मजदूर एक हौंं’ । तर, मजदूरहरु भने राजनीतिक अस्थाका आधारमा विभाजित हुन्छन् ।

बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवससमेत राजनीतिक दलसम्बद्ध मजदूर संगठनले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी मनाएका छन् ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेस र स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले श्रमिक दिवसको अवसरमा बुधबार अलग अलग कार्यक्रमको आयोजना गरे ।

राजनीतिक आस्थाका आधारमा संगठित मजदूर संगठनहरुले बुधबार बिहान प्रभातफेरि पनि छुट्टा–छुट्टै निकालेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट र्‍याली निकालेको थियो ।

र्‍यालीमा महासंघमा आवद्ध विभिन्न पेशागत मजदूरहरुको संगठनहरु आ आफ्ना व्यानरमा सहभागी भएका थिए । र्‍याली भृकुटीमण्डप पुगेर कोण सभामा परिणत भएको थियो ।

त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्‍याली निकालेको थियो । र्‍याली प्रदर्शनीमार्गस्थित बालमिकी क्याम्पस पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न पेशागत संगठनका मजदूरहरु सहभागी थिए ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलमा प्रभातफेरी गरेको थियो । बबरमहलबाट सुरु भएको र्‍याली नयाँवानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

तीन वटै मजदूर संगठनको र्‍यालीमा सहभागीहरुले मजदूरहरुमाथिको श्रम शोषण रोकिनुपर्ने माग गरेका थिए । उनीहरुले मर्यादित जीवन र सुरक्षित भविष्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५, श्रम ऐनको कार्यान्वयन गर्न माग गरे ।

त्यसैगरी उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिकको सूचिकरणलाई कडाईका साथ अघि बढाउन पनि उनीहरुले माग गरे । सरकारले मजदूरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेपनि पुर्णतया कार्यान्वयन हुन नसकेको तथा न्युनतम पारिश्रमिक पनि न्युन भएको भन्दै मजदूरहरुले विरोध गर्दै आएका छन् ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका ४ जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ०८ बजे

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक