देशमा परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन आएन : गच्छदार | Khabarhub Khabarhub

देशमा परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन आएन : गच्छदार


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएको बताएका छन् ।

उनले विसं २००३ /२०४६ साल र ०६१/६२मा भएको आन्दोलनमा मजदूरले खेलेको अग्रणि भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रस्ट पारे ।

१३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं २ ले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षभित्र नेपाली मजदूरको न्यूनतम तलब रु २० हजार पुर्‍याउने अठोटका साथ आगाडि बढ्न पार्टी निकट मजदूर सङ्गठनलाई आग्रह गरे ।

स्वदेश तथा विदेशमा रहेका नेपाली मजदूरहरुलाई अन्तर्राष्ट्रिय मजदूर दिवसको शुभकामना दिँदै नेता गच्छदारले मुलुकमा आमूल राजनीतिक परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन नआएकाले अब मजदूरको जीवनमा परिर्वतन ल्याउन सबै दल तथा मजदूरसङ्गठन केन्द्रत हुन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : २८ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २