नेपाली श्रमिकलाई काम र आरामभन्दा चिन्ता धेरैः मन्त्री बिष्ट « Khabarhub

नेपाली श्रमिकलाई काम र आरामभन्दा चिन्ता धेरैः मन्त्री बिष्ट


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपाली श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम ८ घण्टा चिन्तामा लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

१३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बिष्टले रोजगारीको सुरक्षा नहुदाँ कामप्रति श्रमिक धेरै चिन्तित हुनुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले अघि बढाएको श्रमजीवी मजदुरका लागि न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्थाले अब चिन्तामा ८ घण्टा बिताउनुपर्ने दिनको अन्त्य हुने भएको छ । हिजोका दिनमा युवा रोजगार खोज्दै सरकारको ढोका ढक्ढकाउने गरेका थिए । अब सरकार नै रोजगारी दिन गाँउ–गाँउसम्म पुगेको छ । सरकारले आफ्ना नागरिकलाई सुरक्षासहितको रोजगारी दिन्छ ।’

मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेको भन्दै मन्त्री बिष्टले सरकारले मजदुरका समस्या सम्बोधन गर्ने बताएका थिए ।  मजदुर आन्दोलनबाट प्रप्ति सवै विषय सफल हुँदै गइरहेको भन्दै उनले मजदुरको रगत र पसिना खेर जान नदिने बताए । मध्यमवर्गीय चिन्तनबाट देश अघि बढेको भन्दै विकासका लागि श्रमिकको योगदान धेरै हुने बताए ।

श्रन्त्री बिष्टले केही हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने तथा आगामी आ.व.मा थप ९० हजारलाई रोजगारी दिइने तयारीमा श्रम मन्त्रालय रहेको जानकारी दिए ।

आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने मन्त्रालय लागि परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ४० बजे

धनुषा–३ मा रास्वपाका झा विजयी

जनकपुर- धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली