श्रमिक आयोग गठन गर्न कांग्रेसको माग « Khabarhub

श्रमिक आयोग गठन गर्न कांग्रेसको माग


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गर्नु भएको हो ।

बुधबार अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रमिक आयोग गठनका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफनो पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

उपसभापति निधिले विदेशमा रहेका श्रमिकहरुलाई त्यहीँबाटै मतदान गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिनु भयो । उहाँले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नै पालामा आए जसरी झुठो प्रचार गरिरहेको दावी पनि गरे ।

उपसभापति निधिले देउवा नेतृत्वको सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ लिच्छवी कालमा वा मल्ल कालमा ल्याएजसरी प्रधानमन्त्री केपी ओलीले झुठो प्रचार गरेको भन्दै आपत्ति पनि जनाए ।

उपसभापति निधिले नेपालमा श्रमिकहरुको अधिकारको क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको पनि बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : २४ बजे

फोहरजन्य वस्तु बिक्री गरी १४ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक

व्यावसायिक स्याउ खेती सुरु गर्दै भोजपुर वैकुण्ठेका किसान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न

धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१