नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने « Khabarhub

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार प्रशिक्षण आगामी चैत ३ र ४ गते काठमाडौँमा आयोजना गरिनेछ ।

सूचनाअनुसार नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षणका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। प्रशिक्षण कार्यक्रम दुवै दिन बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।

त्यसैगरी सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन पार्टीले आग्रह गरेको छ।

रास्वपाले संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न र संसदीय कामकारबाहीबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ०१ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच