मेरो कथा नसुन्ने छोरा ? « Khabarhub

मेरो कथा नसुन्ने छोरा ?



गन्तव्यतर्फ हुइकँदै गर्दा महङ्गो कार कुदाइरहेको आफ्ना छोरालाई एकटकले हेरिरहे हरिहरले । हरिहर उमेरले ७५ टेकेका छन् । उनलाई अरुको सहाराको आवश्यकता हुन थालेको धेरै भइसकेको छ ।

महङ्गो र लक्जरी कारको स्टेरिङमा छोराका नरम हातका औँलाहरु अडिएका थिए । हरिहर एकपटक घोप्टिए र आफ्ना चाउरी परेका खस्रा हात नियाले । तत्कालै उनको दिमागमा एउटा स्मृतिको भिडियो घुम्न थाल्यो । भिडियोमा थियो, ‘सानो फुच्चे छोराले बाबुका मुलायम हातका औँलाहरु समाएर ताते-ताते गरिरहेको, छोराको खुशी देखेर बाबुका गाला हाँसेका छन् ।’

हरिहरलाई अतीतका ती अविस्मरणीय क्षणको सम्झना हुन थाल्यो । छोराले राति सुत्ने बेलामा लाडे आवाजमा भन्ने गर्थ्यो, ‘बाबा, आज बेडटाइम स्टोरी सुनाउनुपर्छ है !’

यसरी कथा सुनाउन जिकिर गर्दा छोराको शरीर पनि बिस्तारै बाबुको काखतिर ढल्किन्थ्यो । त्यतिबेला हरिहरलाई लाग्थ्यो, मेरो छोरोले मलाई कति धेरै भाग्यमानी बनाएको छ ।

दिनभरि थाकेको हरिहरको शरीरमा स्फूर्ति आउने एउटा बलियो कारण थियो हरिहरको छोरो । साँझ हरिहर कार्यालयबाट घर फर्किँदा छोराले गेटैमा आएर अङ्गालो कसिएर ‘बाबा’ भनी सम्बोधन गर्दाको त्यो पल उनका लागि ‘इनर्जी ड्रिङ्क्स’ जस्तै बनिदिन्थ्यो

त्यो क्षण बारम्बार हरिहरको दिमागमा घुमिरह्यो ।

कहिलेकाहीँ उनी छोरोलाई कथा सुनाइदिन्थे । कहिले उनले इमान र नैतिकताका कथा पनि सुनाउँथे । कार्यालयको कामले कहिलेकाहीँ हरिहरलाई नमज्जाले गलाउँथ्यो । हो, कहिलेकाहीँ कार्यालयको काम पनि घरमा आएर गरिरहेका हुन्थे । अबेरसम्म बाबुलाई जाग्राम देखेर छोरोले निद्रा बिथोल्दै भन्थ्यो, ‘बाबा, हजुर नसुत्ने ?’

खै किन हो, त्यो छोरोको मायाले हरिहरलाई अहिले पनि न्यानो बनाइरहन्छ ।

बिहान श्रीमतीलाई भान्साको कामले व्यस्त बनाइदिन्थ्यो । छोराका लागि खाजा तयार गरिदिने, स्कूलको झोला मिलाइदिने काम हरिहर आफैले गरिदिन्थ्यो । छोराका जुत्ता टलक्क टल्किने बनाइदिन्थे र छोरालाई जिस्काउँदै भन्थे – ‘आज कान्छोलाई कतिले आँखा लगाउँछन् है !’

छोरालाई गेटमा पुर्‍याएर छोडिदिन्थे हरिहरले । छोरो दुगुर्दै विद्यार्थीको भीडमा मिसिन्थ्यो । कहिलेकाहीँ फेरि फर्केर आउँथ्यो । र, चिच्याउँथ्यो – ‘बाई बाबा ।’

साँझ । दिनभरि थाकेको हरिहरको शरीरमा स्फूर्ति आउने एउटा बलियो कारण थियो हरिहरको छोरो । साँझ हरिहर कार्यालयबाट घर फर्किँदा छोराले गेटैमा आएर अङ्गालोमा कसिएर ‘बाबा’ भनी सम्बोधन गर्दाको त्यो पल उनका लागि ‘इनर्जी ड्रिङ्क्स’ जस्तै बनिदिन्थ्यो । सुत्ने बेलामा छोराको उही माग दोहोरिन्थ्यो, ‘बाबा, आज पनि बेडटाइम स्टोरी है !’

छोराले चिल्लो कारको हर्न बजायो । हरिहर झसङ्ग भए, जब उनले आफ्नासामुन्ने बृद्धाआश्रम लेखेको भवन देखे । लगत्तै छोराले ढोका खोलिदियो । उनले बृद्धाश्रमतिर पाइला फर्काए

हरिहर सोफामा पल्टिँदै भन्थे, ‘हस् हजुर ।’

समयसँगै छोराका सपनाहरु अब सुत्ने बेलाका कथामा मात्र सीमित रहेनन् । छोरो ठूलो र बलियो हुँदै थियो । यता हरिहर बूढो र कमजोर बन्दै थिए । छोराले बाबुलाई भन्न थालेको थियो, ‘बाबा, आज पिज्जा ल्याइदिनू है !’

कहिलेकाहीँ छोराले भन्थ्यो – ‘बाबा, आज बर्गर है !’

हरिहरले सधै ‘हस् छोरा’ भन्थे । मुस्कुराइदिन्थे । पछिपछि त उनले छोराका आवश्यकता पूरा गर्न आफ्नो खर्च कटौती गर्नुपरेको थियो । आफूले पुराना कपडा लगाएर पनि छोरालाई नयाँ कपडा ल्याइदिएका थिए । आफ्नो छाक काटेर हरिहरले छोराको खुशी खरिद गरेका थिए । छोरो बिरामी पर्दा रातभर नसुती छेउमा बसेर उसको कपाल सुम्सुम्याएको हरिहरको मस्तिष्कमा अझै ताजा रहेछ ।

(गाडी जति अघि बढ्दै थियो, हरिहरको अतीत त्यति गहिरो बन्दै गइरहेको थियो ।)

समयले छोरोलाई बच्चाबाट जवान बनाइदियो । उसले बिहेको रहर गर्‍यो त्यो पनि धुमधामका साथ ।

हरिहरले छोराको बिहेका लागि केही रकम छुट्याएका थिए । श्रीमतीका केही गहना बेचे । साथीभाइसँग अलिकति ऋण लिए । र, छोराको बिहे धुमधाम गरिदिए । आखिर हरिहरको एउटा मात्र प्राणभन्दा प्यारो छोरा न थियो ऊ ।

साथीभाइसँग लिएको ऋण तिर्न नसकेर सानो टुक्रा जमिन बेच्नुपरेको पनि हरिहरले बिसेका थिएनन् । बिहेपछि छोराले मोटरसाइकल किन्न जिद्दी गरेपछि हरिहरले भनेका थिए, ‘केही समय कुर न !’

त्यतिबेला बुहारीले ठाडै ‘लोभी बूढा’ भनेकी थिई । हरिहर मौन बसेको थियो त्यतिबेला । हरिहरका लागि अर्को खुशीको क्षण छोरा बुहारीले राम्रो जागीर पाउँदाको समय थियो । हरिहरले त्यतिबेला आफ्ना साथीहरुलाई लड्डु बाँड्दै हिँडेका थिए ।

छोराकै कमाइले नयाँ घर किने । महङ्गो कार किने । सँगसँगै छोरा बुहारीले धन, आफन्त र साथीभाइ पनि कमाए । तर, सधै खुशीको कुरा कहाँ घट्छ र मान्छेको जीवनमा ? हरिहरले आफ्नी अर्धाङ्गिनी गुमाउनुपरेको थियो । त्यतिबेला उनी नराम्रोसँग विछिप्त बन्न पुगेका थिए ।

छोरोले फनक्क कार घुमाउनै लाग्दा हरिहरले भन्न खोज्दै थिए, ‘छोरा, मेरो कथा नसुन्ने ? मसँग अन्तिमपटक अङ्गालो मार्दैनौ छोरा ?’

कुनै दिन आफू अफिसबाट फर्कँदा गेटमा कुरेर ‘बाबा’ भन्ने छोराले पछिपछि उल्टै बाबाले ‘छोरा’ भन्दा पनि नसुनेझैँ गरेको र कहिलेकाहीँ झर्केर जवाफ दिएको परिदृश्य हरिहरको मानसपटलमा अझै ताजा छ ।

महङ्गो कार गुडिरहेको थियो । हरिहरले फेरि एकपटक छोरातिर हेरे । हरिहरको मनले मनमनै बोल्यो, ‘छोरा, कहाँ गए तिम्रा ती तोते बोलीहरु ? किन हरायो त्यो न्यायो माया ?’

फेरि भने, ‘छोरा, तिमीलाई आजकाल मेरा कथाहरु सुन्न मन लाग्दैन ?’

छोरा जन्मिँदा विश्वकै सबैभन्दा खुसी व्यक्ति महसूस गरेका हरिहरले आज मनमनै प्रश्न गर्न बाध्य थिए ।

छोराले चिल्लो कारको हर्न बजायो । हरिहर झसङ्ग भए, जब उनले आफ्नासामुन्ने बृद्धाआश्रम लेखेको भवन देखे । लगत्तै छोराले ढोका खोलिदियो । उनले बृद्धाश्रमतिर पाइला फर्काए । हरिहरको आँखाबाट टिलपिल भइसकेका आँसु चुहिएनन् । तर, बोल्न खोज्दा उनको बोली रोकियो । छोरोले फनक्क कार घुमाउनै लाग्दा हरिहरले भन्न खोज्दै थिए, ‘छोरा, मेरो कथा नसुन्ने ? मसँग अन्तिमपटक अङ्गालो मार्दैनौ छोरा ?’

तर, छोराले आफ्ना बाको अनुहारमा हेर्दै नहेरी गाडी घुइँकायो । उता आश्रममा केही बूढाबूढीहरु मीठो मुस्कानका साथ हरिहरको स्वागतमा उभिइरहेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ०१ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका