बुटवलमा आजदेखि खाना महोत्सव, ६० स्टलमा मौलिक परिकार « Khabarhub

बुटवलमा आजदेखि खाना महोत्सव, ६० स्टलमा मौलिक परिकार


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– स्थानीय मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले बुटवलमा आजदेखि खाना महोत्सव आयोजना हुँदैछ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रङ्गशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न समुदायका मौलिक खानाका ६० वटा स्टल रहने महोत्सव संयोजक एवं सङ्घका अध्यक्ष माधवकुमार खनालले जानकारी दिए।

उनका अनुसार नेपाली मौलिक खानाको स्वादसँगै विभिन्न समुदायको कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने खाद्य स्वच्छता र सरसफाइमा विशेष ध्यान दिइनेछ।

महोत्सवमा करिब दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनका अनुसार महोत्सव हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति पनि रहनेछन्। महोत्सवको उद्‌घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ। उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली महोत्सवस्थल पुग्ने आयोजकले जनाएको छ।

बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ६ : ५९ बजे

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा– झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् ।

बुटवलमा आजदेखि खाना महोत्सव, ६० स्टलमा मौलिक परिकार

रूपन्देही– स्थानीय मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन गर्दै

डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

म्याग्दी– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य आधार भारतीय

आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौँ– देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको