शव राख्न आधुनिक उपकरण खरीद « Khabarhub

शव राख्न आधुनिक उपकरण खरीद


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- धौलागिरि अञ्चल अस्पतालले पहिलोपटक शव राख्न मिल्ने उकपरण (मर्चुरी चेम्बर) खरीद गरेको छ । धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त १३ लाख ५० हजार रुपैयाँले अस्पतालको शवगृहका लागि सो उपकरण खरीद गरिएको हो ।

आफन्तले नबुझेका तथा सनाखत नभएका व्यक्तिको शव लामो समय राख्न नमिल्ने भएकाले आधुनिक शव राख्न मिल्ने उपकरण खरीद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ‘अस्पतालमा शव खुला राख्दा सड्ने गनाउने तथा अस्पताल परिसरमा दुर्गन्धित भएको थियो’, उनले भने, ‘आधुनिक शव राख्ने उपकरण खरीद गरेसँगै वर्षौंदेखिको समस्या सदाका लागि अन्त्य भयो ।’

सो ‘मर्चुरी चेम्बर’मा एकै साथ चार शव राख्न सकिन्छ । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकसमेत राखिएको छ ।

१६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको उक्त अस्पतालमा हाल ७ विशेषज्ञ र १५ मेडिकल अधिकृतले सेवा प्रदान गरिरहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए ।

अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायत सुविधासमेत प्रदान गर्न थालिएको छ । उक्त अस्पतालमा विशेषगरी स्वास्थ्य बीमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ४४ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ