हिमाल चढ्न शारीरिक शक्ति र मानसिक सबलता चाहिन्छ « Khabarhub

हिमाल चढ्न शारीरिक शक्ति र मानसिक सबलता चाहिन्छ



काठमाडौं– गत जेठ ८ मा सगरमाथाको शिखरमा पुगेर केही राहत महशुस गरिरहेका बेला एचआईभी संक्रमित गोपाल श्रेष्ठको मनमा अचानक एउटा कुरा आयो, अहिले म आफूलाई जीवन जिउन हौसला दिने मेरी श्रीमती, मेरो परिवार, मेरा साथीभाइ र शुभेच्छुकबाट धेरै टाढा–विश्वको सर्वोच्च शिखरमा छु । मैले सगरमाथाको सफल आरोहण गरेको थाहा पाएर उनीहरु कति खुशी र गौरवान्बित होलान् ?’

‘हिमाल चढ्नु मेरा लागि निकै चुनौतिपूर्ण थियो, तर कहिल्यै हिम्मत नहार्न हौसला दिनेहरुबाट मलाई ठूलो उर्जा मिल्यो र मैले हिम्मत हारिन । मेरा शुभेच्छुकहरुप्रति म कृतज्ञ छु,’ उनले खबरहबलाई सुनाए ।

उनका अनुसार जीवनमा असम्भव भन्ने केही पनि छैन, ‘यदी तपाईं केही चाहनुहुन्छ र त्यसका लागि कडा मेहनत गर्नुहुन्छ, तपाई त्यो अवश्य पनि पाउनुहुन्छ । यसमा कुनै शंकै छैन,’ उनी भन्छन् । उनको जीवनको अनुभव पनि यस्तै नै छ, उनले सगरमाथा चढ्ने धोको ७ वर्षसम्म पालेर राखेका थिए । बल्ल उनी यसपाली सफल भए ।

उनका अनुसार हिमाल चढ्न शारीरिक शक्तिका साथै मानसिक रुपमा पनि सबल हुनुपर्छ । ‘कतिले त मलाई सगरमाथा नचढ्न आग्रह पनि गरे,’ आँखा रसिलो पार्दै उनी भन्छन्, ‘मेरो अभियानलाई मैले निरन्तरता दिएँ र उनीहरुलाई मैले गलत साबित गरेरै छाडेँ ।’

श्रेष्ठ सगरमाथा आरोहणको व्यवस्थापन गर्न नसकेकोप्रति सरकारसँग भने खुशी छैनन् । सगरमाथा आरोहणको व्यवस्थापनमा कमजोरी र सगरमाथा क्षेत्रका सरकारी अधिकारीका काम गराइप्रति उनको चित्त बुझेको छैन ।

‘सगरमाथाको चुचुरोमा पुग्नका लागि पर्यटकहरु घण्टौं लामो ट्राफिक जाममा पर्दा पनि कसैलाई मतलब नै छैन,’ उनले सगरमाथा यात्राको पीडा सुनाए । दक्षिणी कोलबाट सगरमाथा आरोहण गर्ने क्रममा उनी आफैं करिब २ घण्टा यस्तै ट्राफिक जाममा परेको उनी सुनाउँछन् ।

सगरमाथा चढ्दा आरोहीले सरकारलाई पैसा पनि बुझाउनुपर्छ भने अर्कोतर्फ आफ्नो ज्यान समेत जोखिममा पार्नुपर्ने उनको बुझाई छ । सरकारलाई आरोहीको सुरक्षाप्रति कुनै चासो नरहेको उनले बताए ।

दक्षिणी कोल सगरमाथा र विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको बीचमा रहेको धारिलो पर्वतश्रेणी हो । यो क्षेत्रमा तीब्र गतिमा खतरनाक हुरी आउने गर्छ । यसबाट पहिलो पटक तथा पर्याप्त तालिम बिना सगरमाथा आरोहण गर्दै गरेकालाई निकै जोखिम हुने गर्छ ।

मौसमको निगरानी गर्ने संयन्त्र नभएको प्रति उनको गुनासो छ । पर्वतारोहण पर्यटनबाट पैसा कमाइरहेकाहरुले पनि यसप्रति चासो नदिएको उनको भनाइ छ ।

सरकारले हरेक वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको सङ्ख्या निर्धारण गर्नैपर्ने बताए । सगरमाथामा निकै फोहोर बढेको र यसबाट रोगहरु सर्ने जोखिम रहेको भन्दै उनी सरकारले नियमित रुपमा सगरमाथाको सफाइ गर्नुपर्ने बताउँछन् ।

सगरमाथालाई बेवास्ता गर्यौं भने सगरमाथाकै लागि भनेर कोही पनि नआउने उनको भनाइ छ । उनले सगरमाथाको क्याम्प ४ आसपास धेरै नै फोहोर रहेको समेत बताए ।

विदेशी सञ्चारमाध्यममा सगरमाथाको अव्यवस्थाबारे पटक–पटक कुरा उठेका छन्, ‘सरकारलाई लाज लाग्नुपर्ने होइन ? यदी सगरमाथा क्षेत्रको आवश्यक व्यवस्थापन गर्न सकिएन भने आगामी वर्ष हाम्रो पर्यटन क्षेत्र के हुन्छ ?’ उनी प्रश्न गर्छन् ।

उनका अनुसार हिउँको कमीका कारणले गर्दा केही स्थानमा हिमालका काला चट्टानहरु देखिन थालेको छ, यसअघि यस्तो देखिएको थिएन । उनी विदेशीलाई भन्दा पनि नेपाली नागरिकलाई प्राथमिकतामा राखेर सगरमाथा आरोहण अनुमतिपत्रको व्यवस्था गर्न सरकारसँग आग्रह गर्छन् ।

त्यस्तै सगरमाथा क्षेत्रमा उद्धारका लागि खटिएको टोली प्रभावकारी बन्न नसकेको पनि उनको गुनासो छ ।

श्रेष्ठ सगरमाथाको आरोहण गर्ने पहिलो एचआईभी/एड्सबाट पीडित नेपाली हुन् । एचआईभी/एड्सबारे जनचेतना जगाउनकै लागि पनि सगरमाथाको आरोहण गरेका हुन् । जीवन खुशी तथा उमंगका साथ जीउन एचआईभी/एड्सले कुनै फरक नपार्ने साबित गरिदिएका छन् ।
पोखरा ७ का उनी कीर्तिमानी आरोही फुर्बा तेन्जिङ शेर्पासँगै सगरमाथाको शिखरमा पुगेका हुन् । ड्रिमर डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशकसमेत रहेका फुर्बा हालसम्म १४ पटकसम्म सगरमाथाको शिखरमा पुगिसकेका छन् ।

गोपाल शेर्पा र उनको टिमको प्रशंसा गर्दै भन्छन्, ‘उनीहरु मेरा गाइड मात्रै होइनन्, मेरा भगवान् हुन् ।’

उनी सगरमाथाको सम्झाना गर्दै भन्छन्, ‘विश्वको शिखरमा पुगिसकेपछि अब पुग्नुपर्ने कुन चाहीँ ठाउँ बाँकी छ र ?’

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १ : १८ बजे

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख